PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

महिला फुटबलर दीपा न्यौपानेले आईलिग छनोट खेल्ने



पहिलोपोस्ट

महिला फुटबलर दीपा न्यौपानेले आईलिग छनोट खेल्ने

काठमाडौं: नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य दीपा न्यौपानेले भारतीय आई लिग छनोट खेल्ने भएकी छिन्। नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा आईलिग छनोट खेल्ने  भएकी हुन्।

दीपाले केरला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन्। केरला महिला लिगको च्याम्पियन आईलिगमा छनोट हुनेछ।

‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु। यो मेरो विदेशमा पहिलो अवसर समेत हो,’ दीपाले भनिन्।

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेला, केरेला ब्लास्टर, केरल युनाईटेड जस्ता चर्चित क्लबको सहभागी हुने केरेला लिगमा डन बोस्को साविक उपविजेता हो। दीपाले सम्झौता एक वर्षको भएको र सम्झौता रकम भने खुलाउन चाहिनन्।

‘प्रतियोगिताको लागि सम्झौता भएको हो। आईलिगमा छनोट भए, त्यसमा पनि अवसर मिल्ने कुरा भएको छ’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell