PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सन्ध्याको तीज गीत ‘झमझम झम्कना’ लाई युट्युबमा करोड भ्युज



पहिलोपोस्ट

सन्ध्याको तीज गीत ‘झमझम झम्कना’ लाई युट्युबमा करोड भ्युज

काठमाडौं: तीज गीत ‘झमझम झम्कना’ करोड क्लबमा प्रवेश गरेको छ। एक महिनाअघि सार्वजनिक भएको यस गीतले युट्युबमा एक करोड बढी भ्युज पाएको हो।

भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको यस गीतलाई दर्शकले निकै रुचाएका छन्। यसवर्ष सार्वजनिक तीज लक्षित गीतमध्ये अहिलेसम्म करोड क्लबमा पुग्ने एकमात्र तीजगीत हो। यो समाचार तयार पर्दासम्म गीतलाई युट्युबमा हालसम्म एक करोड २ लाख बढी भ्युज आएको छ।

गीत करोड क्लबमा प्रवेश गरेकोमा गायक चलाउनेले फेसबुकमार्फत दर्शकलाई धन्यवाद व्यक्त गरेका छन्। यो गीत हिट हुनुमा टिकटकको निकै भूमिका रहेको समेत उनको भनाई छ।

बोमबहादुर गाहा मगरको शब्द, भागिरथकै संगीत रहेको गीतमा विनोद बाजुरालीको एरेन्ज रहेको छ। गीतको भिडियोमा मोडल गीता ढुंगाना र भागिरथ नै फिचर्ड छन्। सन्ध्या कँडेलको प्रस्तुति रहेको ‘झमझम झम्काना’को भिडियोलाई राजेश घिमिरेले खिचेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell