PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

बालाजुको जुत्ता कारखानामा लागेको आगो निभाउन स्थानीयसहित खटिए सुरक्षाकर्मी

बालाजुको जुत्ता कारखानामा लागेको आगो निभाउन स्थानीयसहित खटिए सुरक्षाकर्मी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बालाजुको एक कारखानामा आगलागी भएको छ। बालाजु बाइसधारा नजिकै रहेको जुत्ता कारखानामा आगलागी भएको हो।

कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना भएपछि स्थानीय त्रसित बनेका छन्। श्रीराम पाण्डेले सञ्चालन गरेको वान वर्ल्ड जुत्ता कारखानामा आगलागी भएको बताइएको छ।

दुई वटा दमकलले आगो नियन्त्रण नभएपछि भक्तपुरबाट थप एक दमकल बोलाइएको छ। आगोलागीको कारण भने खुल्न सकेको छैन।



ट्रेन्डिङ पोस्ट

Ncell