PahiloPost

Sep 10, 2026 | २५ भदौ २०८३

फिल्म ‘चपली हाइट ३’ भदौ २५ गतेबाट अस्ट्रेलियामा प्रदर्शन हुने



पहिलोपोस्ट

फिल्म ‘चपली हाइट ३’ भदौ २५ गतेबाट अस्ट्रेलियामा प्रदर्शन हुने

काठमाडौं : निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ। नेपालमा प्रदर्शन भइसकेको यो फिल्म आगामी भदौ २५ गते (सेप्टेम्बर १०)बाट अस्ट्रेलियाको सिड्नीमा रिलिज हुनेछ।

बाबा एजुकेसन कन्सल्टेन्सी र आरकेएस अस्ट्रेलियाले यस फिल्मलाई रिलिज गर्न लागेका हुन्। यो फिल्म सिड्नीसहित ब्रिसबेन, एडिलेड, तास्मानिया सहितका राज्यमा देखाइनेछ।

कोरोनाको तेस्रो लहरका कारण रोकिएको यो फिल्म तेस्रो पटक गत शुक्रवार रिलिज भएको थियो। तर, दर्शकको साथ नहुँदा यो फिल्म केही हलहरूबाट हटिसकेको छ।

सस्पेन्स थ्रिलर कथामा निर्माण भएको फिल्मका निर्माता अर्जुनकुमार हुन्। फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell