PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

रोकिराखेको भारतीय नम्बर प्लेटको ट्रकभित्र भेटियो १ सय ४४ किलो गाँजा



पहिलोपोस्ट

रोकिराखेको भारतीय नम्बर प्लेटको ट्रकभित्र भेटियो १ सय ४४ किलो गाँजा

काठमाडौं : सशस्त्र प्रहरीले पर्साबाट १ सय ४४ किलो गाँजा बरामद गरेको छ।

वीरगंज महानगरपालिका-२४ ड्राईपोर्ट परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट सशस्त्र प्रहरीले करिब १ सय ४४ किलो गाँजा बरामद गरेको हो। रोकिराखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको गस्ती टोलीले गाँजा बरामद गरेको हो।

ट्रकको जाँच गर्दा हुटमा लुकाइ राखेको अवस्थामा गाँजाको १० वटा प्याकेट फेला परेपछि गाँजासहित उक्त ट्रक नियन्त्रणमा लिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell