PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

दुई छोराछोरीसहित २२ वर्षीया गीता झुन्डिएको अवस्थामा फेला, दुई दिनअघिमात्र भारतबाट फर्किएका थिए श्रीमान



पहिलोपोस्ट

दुई छोराछोरीसहित २२ वर्षीया गीता झुन्डिएको अवस्थामा फेला, दुई दिनअघिमात्र भारतबाट फर्किएका थिए श्रीमान

कैलाली : बझाङमा २२ वर्षीया महिला दुई सन्तानसहित मृत फेला परेकी छन्।

जिल्लाको बुङ्गल नगरपालिका-९ मा २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको बझाङ प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार मृतक गीताका श्रीमान पुष्कर पार्की मंगलवारमात्र भारतबाट घर फर्किएका थिए। उनले आफू राति निन्द्रामा रहेकाले घटनाबारे केही जानकारी नपाएको प्रहरीलाई बताए पनि घटनाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको छ।

स्थानीय प्रहरी घटनास्थल पुगेको र जिल्लाबाट थप एउटा टोली अनुसन्धानका लागि पठाइएको प्रहरी निरीक्षक अवस्थीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell