PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सर्वोच्चको आदेशमा बालेनको टिप्पणी, ‘नक्सा पासको अधिकार सर्वोच्चलाई दिन अनुरोध गर्दछौं’ 



पहिलोपोस्ट

सर्वोच्चको आदेशमा बालेनको टिप्पणी, ‘नक्सा पासको अधिकार सर्वोच्चलाई दिन अनुरोध गर्दछौं’ 
फाइल फोटो

काठमाडौंः नर्भिक इन्टरनेशनल अस्पतालको संरचना साउन ३० गतेसम्म नभत्काउन सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आपत्ति जनाएका छन्। बुधबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले अस्पतालको संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। 

साथै दुबै पक्षलाई साउन ३० गते नै छलफलमा बोलाएको थियो। दुई पक्षको छलफबाट उक्त आदेश निरन्तर हुने वा नहुने निक्र्यौल हुनेछ। 

अदालतको आदेशपछि शाहले संविधान संशोधन गरेर नक्सा पासको अधिकार अदालतलाई दिने व्यवस्थाका लागि अनुरोध गर्दछौं भन्दै विरोध गरेका हुन्। 

फेसबुकमा उनले भनेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell