PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

आजको मौसम : वाग्मती र कर्णाली प्रदेशमा भारी वर्षाको पूर्वानुमान



पहिलोपोस्ट

आजको मौसम : वाग्मती र कर्णाली प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं : आज पनि देशका अधिकांश स्थानमा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान प्रदेश नं १, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशका भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहेको छ।

हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ। वाग्मती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राती प्रदेश १, वाग्मती र गण्डकी  प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell