PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

सियोलमा 'प्यारासाइट स्टाइल' फ्ल्याटमाथि प्रतिबन्ध



पहिलोपोस्ट

सियोलमा 'प्यारासाइट स्टाइल' फ्ल्याटमाथि प्रतिबन्ध
PHOTO : BBC

दक्षिण कोरिया सरकारले राजधानी सियोलमा जमिन मुनि रहेका फ्ल्याटलाई आवासिय स्वीकृति नदिने भएको छ। यो हप्तादेखि नयाँ बन्ने घरहरुमा ‘सेमी बेसमेन्ट फ्ल्याट’का लागि स्वीकृति नदिइने भएको छ।

यो हप्ता गएको बाढीमा त्यस्ता फ्ल्याटमा बस्दै आएका दुईजना महिला र एक किशोरको मृत्यु भएपछि प्रशासनले यस्तो निर्णय गरेको हो। ओस्कार विजेता फिल्म प्यारासाइटमा ‘सेमी बेसमेन्ट फ्ल्याट’ मा बस्ने नागरिकहरुको जीवन र बाढीका कारण भोग्नु परेको सास्ती देखाइएको थियो। सो फिल्म प्रदर्शन भएपछि यस्ता स्थानमा बस्नेहरुका बारेमा सोधखोज भएको थियो।

अब बेसमेन्टमा आवास चलाइरहेकाहरुलाई पार्किङ वा स्टोरेज रुम बनाउन दिइनेछ। सियोलमामात्रै करिब २ लाख बेसमेन्ट फ्ल्याट छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell