PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

चितवनमा ट्रकले ठक्कर दिँदा २४ वर्षीय पैदयात्रुको घटनास्थलमा नै मृत्यु



पहिलोपोस्ट

चितवनमा ट्रकले ठक्कर दिँदा २४ वर्षीय पैदयात्रुको घटनास्थलमा नै मृत्यु

काठमाडौंः चितवनमा ट्रकले ठक्कर दिँदा एक पैदयात्रुको घटनास्थलमा नै मृत्यु भएको छ।

चितवन भरतपुर महानगरपालिका २९ जुगेडी स्थित मुग्लिङ नारायणगढ सडक खण्डमा भरतपुरबाट मुग्लिङ तर्फ  जाँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको थियो। मृतको भने सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell