PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

फेस्टिभल रिजिल : नेपालमा आजबाट प्रदर्शनमा आयो अमिरको 'लालसिंह चड्डा' र अक्षयको 'रक्षाबन्धन'



पहिलोपोस्ट

फेस्टिभल रिजिल : नेपालमा आजबाट प्रदर्शनमा आयो अमिरको 'लालसिंह चड्डा' र अक्षयको 'रक्षाबन्धन'

काठमाडौं: आजबाट नेपाली सिनेमाहलमा दुई बलिउड फिल्म प्रदर्शनमा आएका छन्। आमिर खानको ‘लाल सिंह चड्डा’ र अक्षयकुमारको ‘रक्षाबन्धन’ बक्सअफिसमा भिड्दैछन्।

बहुप्रतिक्षित फिल्म ‘लालसिंह चड्डा’ लाई नेपालमा अहिलेसम्मकै मंहगो रकममा भित्र्याइएको छ। यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गुम्पस’ को हिन्दी रिमेक हो। आमिर खान प्रोडक्सन र भायकम-१८ ब्यानरमा निर्माण भएको फिल्ममा अद्वेत चन्दनको निर्देशन रहेको छ। यस फिल्मलाई विश्वभरी हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चरर्सले वितरण गर्दैछ। फिल्ममा आमिरसँगै करीना कपूर खान, नागा चैतन्य, मोना सिंहलगायत कलाकारको अभिनय छ।

त्यसैगरि, अक्षयकुमारको मुख्य भूमिका रहेको फिल्म ‘रक्षाबन्धन’ पनि प्रदर्शनमा आएको छ। आनन्द एल रायको निर्देशन र लेखन रहेको यस फिल्मले भारतीय बिहेको वर्तमान अवस्थालाई समेटेको छ। फिल्ममा अक्षयका साथै भूमि पेडनेकर, सादिया खातिब, दीपिका खन्ना, स्मृति श्रीकान्त र साहिजमान कौर लगायतका कलाकारको अभिनय छ।

भारतीय सञ्चारमाध्यका अनुसार अग्रिम बुकिङको आधारमा अक्षयको ‘रक्षाबन्धन’ भन्दा आमिरको ‘लाल सिंह चड्डा’ अगाडि छ। नेपालमा पनि मल्टिप्लेक्स हलहरूले ‘रक्षाबन्धन’ भन्दा आमिरको ‘लालसिंह चड्डा’ लाई नै धेरै शो दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell