PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

रामबाबु गुरुङको निर्देशनमा फिल्म ‘फूलबारी’ बन्ने घोषणा



पहिलोपोस्ट

रामबाबु गुरुङको निर्देशनमा फिल्म ‘फूलबारी’ बन्ने घोषणा

काठमाडौं : रामबाबु गुरुङको निर्देशनमा फिल्म ‘फूलबारी’ निर्माण हुने भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच फिल्म बन्ने औपचारिक घोषणा भएको हो।

कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहेको फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन्। फेमिली ड्रामा जनरामा बन्ने यस फिल्मले अभिभावक र सन्तानबिचको सम्बन्धको कथा भन्नेछ।

फिल्ममा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, सिर्जना सुब्बा, अरुणा कार्की र मिरुना मगरको अभिनय रहनेछ।

यशोदा फिल्म्स प्रोड्क्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता मनिष ढकाल हुन्। फिल्मको छायाङ्कन भदौ पहिलो सातादेखि सुरु हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell