PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

डम्बर नेपालीको शब्द र दीपक लिम्बुको स्वर रहेको गीति एल्बम ‘समायोजन’ सार्वजनिक



पहिलोपोस्ट

डम्बर नेपालीको शब्द र दीपक लिम्बुको स्वर रहेको गीति एल्बम ‘समायोजन’ सार्वजनिक

काठमाडौं : पछिल्लो समय सांगीतिक बजारमा एल्बमको सट्टा एउटामात्र ट्रयाक रेकर्ड गरेर सार्वजनिक गर्ने प्रचलन छ। यसैबिच, गायक दीपक लिम्बुको स्वर रहेको ‘समायोजन’ नामको गीति एल्बम सार्वजनिक भएको छ।

डम्बर नेपालीको एकल शब्द तथा संगीत रहेको ‘समायोजन’ एल्बममा चारवटा गीत समावेश छन्। एक गीतमा गायक लिम्बुलाई त्रिशाला गुरुङले स्वरमा साथ दिएकी छन्।

‘समायोजन’को निर्माण रुकमान लिम्बुले गरेका हुन्। रुबुषा क्रियटिभ वर्क्सको प्रस्तुति रहेको एल्बममा समावेश ‘नढाँट न हौ’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ।

युवराज वाइवाले निर्देशन गरेको गीतको भिडियोमा गायक दीपक लिम्बु र इशिका लिम्बु फिचर्ड छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell