
काठमाडौं : क्यान्सर जितेकी कोपिला गौतमले 'नाचौं छम छम छम' बोलको तीज गीत सार्वजनिक गरेकी छिन्। चौथो स्टेजको क्यान्सरले ग्रस्त उनलाई सात घण्टा लामो अप्रेसन गरिएको थियो। पुनर्जीवन पाएकी गायिका गौतमले आफ्नै नामको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन्।
गीतको शब्द रचना र संगीत गोविन्द मधुर आचार्यको रहेको छ। शंकर बिसीको निर्देशन रहेको म्युजिक भिडियोमा मोडेल टिका जैसी र अनु पराजुलीले अभिनय, नृत्य गरेका छन्।
'जीवन साँचे हाँस्न नाँच्न पाईंदो रहेछ। मरेर कसैले केही लाँदैन बाँचुन्जेल कसैलाई नरुवाउँ सके बरु नचाऔं, हँसाऔं, बचाऔं भन्ने झन बढी महसुस गरेकी छु,’ गायिका गौतमले गीत सार्वजनिक भएपछि भनिन्।
यसअघि गायिका गौतमका पोखरा फेवाताल, आमाले पकाको दर राम्रो, मेरै घरमा बसेर दर खाउँला, चौतारी ताकेर जस्ता लोकप्रिय तीजगीतहरु बजारमा आइसकेका छन्।