PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पछिल्लो तीन महिनामा ह्वात्तै बढ्यो अपराध



पहिलोपोस्ट

पछिल्लो तीन महिनामा ह्वात्तै बढ्यो अपराध

काठमाडौं : अघिल्लो वर्षको तिन महिनाको तुलनामा यस वर्षको तीन महिनामा आपराधिक गतिविधिमा वृद्धि भएको छ।

देशभर दुई आर्थिक वर्षको तीन महिना (वैशाख, जेठ र असार)मा अपराधको तथ्यांक तुलना गर्दा गत आर्थिक वर्षमा ३५.१ प्रतिशतले अपराध वृद्धि भएको प्रहरीले बिहीवार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

अघिल्लो आर्थिक वर्षको तीन महिनामा देशभर कुल ९ हजार ७१६ अपराध दर्ता भएकामा गत आवमा त्यो संख्या बढेर १३ हजार १२७ पुगेको हो।

अघिल्लो आर्थिक वर्षको तीन महिनामा २ हजार ३२६ रहेको ज्यानसम्बन्धी अपराध दर्ता गत आवमा २ हजार ५२९ पुगेको छ। ज्यानसम्बन्धी अपराधमा ८ दशमलव ७२ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै, चोरीसम्बन्धी घटना ६२ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आवमा ५३६ रहेको चोरीसम्बन्धी अपराध दर्ता गत आवमा ८७० पुगेको हो।

यस्तै, संगठीत तथा आर्थिक अपराध ९८० बाट १ हजार ३७७ (४०.५१ प्रतिशत) पुगेको भने सामाजिक अपराध १ हजार ६७२ बाट बढेर २ हजार ५३९ (५१.८५ प्रतिशत) पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

त्यसैगरी, महिला तथा बालबालिकासम्बन्धी घटना १२ दशमलव २८ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आवमा १ ‍हजार ९९ रहेको उक्त अपराध दर्ता गत आवमा १ हजार २३४ पुगेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell