PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु, थप ८ सय १५ जनामा संक्रमण पुष्टि



पहिलोपोस्ट

एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु, थप ८ सय १५ जनामा संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ सय १५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ सय ५३४ जनामा परीक्षण गर्दा ८ हजार १५ जनामा संक्रमण देखिएको हो।

२ हजार ४११ पीसीआर परीक्षण गरिएकोमध्ये ४६५ जनामा र २ हजार १२३ एन्टीजेन परीक्षण गरिएकोमा ३५० जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा ४ सय ७६ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६९ रहेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप ५ जनाको संक्रमणका कारण मृत्यु भएको छ। योसँगै हालसम्म ११ हजार ९ सय ८२ जनाको नेपालमा कोरोनाका कारण मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell