PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सामाजिक सञ्जालमा महिलाको अश्लिल भिडियो रेकर्ड गरेर ‘ब्ल्याकमेल’ गर्ने एक जना पक्राउ



पहिलोपोस्ट

सामाजिक सञ्जालमा महिलाको अश्लिल भिडियो रेकर्ड गरेर ‘ब्ल्याकमेल’ गर्ने एक जना पक्राउ

काठमाडौं : सामाजिक सञ्जालमा महिलालाई ‘ब्ल्याकमेल’ गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ बस्ने २४ वर्षीय अमन राजथला रहेका छन्।

राजथलाले सामाजिक सञ्जालमा नक्कली प्रोफाइलमार्फत महिलालाई साथी बनाएको र मेसेन्जरमा कुराकानी गर्ने क्रममा अश्लिलता प्रदर्शन गरी सोको स्क्रिन सट लिएर पीडित महिलालाई समेत दबाब दिएर अश्लिलता प्रदर्शन गर्न लगाएको प्रहरीले जनाएको छ।

उनले महिलाको भिडियो रेकर्ड राखेर त्यसलाई सामाजिक सञ्जालमा प्रशारण गरिदिन्छु भन्दै बारम्बार ‘ब्ल्याकमेल’ गरेर आर्थिक लाभ लिन खोजेको अनुसन्धानबाट खुलेको छ। राजथलाले आफ्नो अभिप्राय पूरा नहुँदा पीडितका आफन्त तथा साथीहरुलाई समेत अश्लिल भिडियो पठाई महिलालाई मानसिक यातना दिएको प्रहरीले बताएको छ।

प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मंगलवार पक्राउ गरेको हो। बिहीवार काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell