PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

ओलीको नेतृत्वमा एमालेले बनायो निर्वाचन परिचालन कमिटी, भदौ पहिलो साता स्थायी कमिटीदेखि केन्द्रीय कमिटीसम्मको बैठक



पहिलोपोस्ट

ओलीको नेतृत्वमा एमालेले बनायो निर्वाचन परिचालन कमिटी, भदौ पहिलो साता स्थायी कमिटीदेखि केन्द्रीय कमिटीसम्मको बैठक

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बिहीवार पार्टीको मुख्यालय च्यासलमा बसेको सचिवालयको बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन कमिटी गठन गरेको एमालेले जनायो।

परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेछन्।

बैठकले चुनावका लागि तयारी गर्न भदौ पहिलो साता स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ।

त्यसैगरी बैठकले एमालेले विभिन्न पार्टीबाट प्रवेश गरेका चारजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। बैठकले जीवन गौतम, धर्मदत्त देवकोटा, बृजेश गुप्ता र अमृत राजवंशीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

बैठकले नवराज पौडेललाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell