PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

यमुना नदीमा डुंगा डुब्दा ३ जनाको मृत्यु : १७ बेपत्ता, ३५ जना थिए सवार



पहिलोपोस्ट

यमुना नदीमा डुंगा डुब्दा ३ जनाको मृत्यु : १७ बेपत्ता, ३५ जना थिए सवार

भारतको उत्तरप्रदेशस्थित यमुना नदीमा डुंगा डुब्दा ३ जनाको मृत्यु भएको छ। त्यहाँको फतेहपुरबाट मार्का गाउँ जाँदै गरेको ३५ यात्री सवार रहेको डुंगा डुब्दा तीन जनाको मृत्यु भएको हो।

डुंगामा रहेका १७ जना बेपत्ता रहेको भारतीय समाचारहरुमा जनाइएको छ। घटनामा परेका १५ जनालाई उद्धार गरिएको त्यहाँको प्रहरीले जनायो।

बिहीवार दिउँसो ३ बजे रक्षबन्धन बाँध्ने कार्यक्रममा सहभागी भएर फर्केका महिलाहरु सवार रहेको डुंगा नदीको बहाव तीव्र हुँदा अनियन्त्रित भई डुबेको बताइएको छ। बेपत्ताको गोताखोरले खोजी जारी राखेको छ। घटनाप्रति दु:ख व्यक्त गर्दै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बेपत्ताको खोजी गर्न निर्देशन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell