PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चीनबाट फर्किएपछि परराष्ट्रमन्त्री खड्का : बीआरआइ होलिस्टिक एप्रोच हो, सीमा निरीक्षणका लागि प्रविधिक टोली गठन गर्न सहमत



विधुर ढकाल

चीनबाट फर्किएपछि परराष्ट्रमन्त्री खड्का : बीआरआइ होलिस्टिक एप्रोच हो, सीमा निरीक्षणका लागि प्रविधिक टोली गठन गर्न सहमत

काठमाडौं : परराष्ट्र मन्त्री डा नारायण खड्का चीन भ्रमणबाट फर्किएका छन्। चीन भ्रमणका क्रममा बीआरआईदेखि दुई देशको सीमासम्बन्धी विषयमासमेत छलफल भएको मन्त्री खड्काले बताएका छन्।

भ्रमणको क्रममा सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनका विषयदेखि ट्रान्समिसन लाइनको सम्भाव्यता अध्ययनको विषयमा कुराकानी भएको उनले बताए।

'बीआरआइ भनेको होलिस्टिक एप्रोच हो। यससँग सम्बन्धित रहेका सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन, अन्तरदेशीय ट्रान्समिसन लाइन सम्भाव्यता अध्ययन लगायतका विषयमा कुराकानी भयो,' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खड्काले भने।

त्यसैगरी भ्रमणको क्रममा दुई देशबीचको सीमा निरीक्षणसम्बन्धी प्राविधिक टोली गठन गर्ने निर्णयसमेत भएको जारी प्रेस नोटमा उल्लेख छ। 'दुई देशबीचको सीमा निरीक्षणसम्बन्धी कार्य गर्न स्थापित स्थायी संयन्त्र संयुक्त सीमा निरीक्षण समितिको काम अघि बढाउन आवश्यक तयारीका लागि द्वीपक्षीय प्राविधिक टोली गठन गर्ने निर्णय भयो,' परराट्रमन्त्री डा खड्काले जारी गरेको प्रेस नोटमा उल्लेख छ। परराष्ट्र मन्त्री खड्का मंगलवार तीन दिने भ्रमणका लागि चीन पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell