PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

साफ च्याम्पियनसिपका खेल दिउँसो १ बजे र साढे ५ बजे, टिकट दर कति?



पहिलोपोस्ट

साफ च्याम्पियनसिपका खेल दिउँसो १ बजे र साढे ५ बजे, टिकट दर कति?
बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाली खेलाडी: फाइल फोटो

काठमाडौंः साफ च्याम्पियनसिपमा महिला फुटबलको खेल दिउँसो १ बजे र बेलुकी साढे पाँच बजे हुने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्य समितिको बैठकले प्रतियोगिताको खेल समय निर्धारण गरेको हो।

बैठकले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा कार्य समितिका सबै सदस्य रहनेगरी १८ सदस्यीय मूल आयोजक कमिटीलाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ। त्यस्तै महिला टोलीको प्रशिक्षकमा कुमार थापा र म्यानेजरमा बृन्दा देवानलाई चयन गरेको छ।

प्रतियोगितामा रंगशाला प्रवेशका लागि साधारणतर्फ ३ सय र भीआईपीतर्फ ५ सय रुपैयाँ टिकट शुल्‍क तोक्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell