PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

आत्मघाती बम आक्रमणमा तालिवानी नेताको मृत्यु



पहिलोपोस्ट

आत्मघाती बम आक्रमणमा तालिवानी नेताको मृत्यु
Photo : Aljazeera

तालिवानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको आत्मघाती बम आक्रमणमा मृत्यु भएको छ। तालिवानका प्रवक्ताले विपक्षीहरुको आक्रमणमा परेर हक्कानीको काबुलमा मृत्यु भएको जनाएको हो।

खुट्टा गुमाएका व्यक्ते ‘आर्टिफिसियल’ खुट्टा भित्र बम लुकाएर बम विस्फोट गराएका थिए। तालिवानले सो घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

आइएसआइएलले सो घटनाको जिम्मेवारी लिएको छ। हक्कानी आइएसआइएल समूहको विरोध थिए। हक्कानीमाथि यसअघि पनि आक्रमण भएको थियो। सन् २०२० मा आइएसआइएलले नै उलाई लक्षित गर्दै बम विस्फोट गराएको थियो। त्यसमा हक्कानी बच्न सफल भए पनि अन्य ७ जनाको मृत्यु भएको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell