
काठमाडौं : आज बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नियमित मौसम बुलेटिनमार्फत महाशाखाले आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ।
आज दिउँसो देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, राति भने पहाडी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्सहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ।
महाशाखाले शनिवार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र वाग्मती प्रदेशका एक-दुई स्थानमा भोलि भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै भोलि राती गण्डकी प्रदेशको थोरै र प्रदेश नं १,वागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।