PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पशुपतिमा यस्तो देखियो जनै पूर्णिमाको दृश्य

पशुपतिमा यस्तो देखियो जनै पूर्णिमाको दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनै पूर्णिमा। यो दिन पशुपतिमा विशेष मेला लाग्ने गर्दछ। 

पशुपतिमा आइपुगेका भक्तजनहरु जनै फेर्ने र बाँध्नमा व्यस्त देखिन्थे।वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना समेत गर्ने गर्छन्।

आजको दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गरिएको छ।

हिन्दुधर्मका वैदिक ग्रन्थअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ। शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ।

आज बिहान आ–आफ्ना गुरु पुरोहितकहाँ जाने र उनैद्वारा जनै ग्रहण गर्ने पनि गरिन्छ। व्रतबन्ध गरी वैदिक परम्पराले दिएको शिक्षा-दीक्षाको उचित तवरले पालना गरी सत्कर्ममा लाग्न समेत आजको यो चाडले स्मरण गराउँछ।

 



ट्रेन्डिङ पोस्ट

Ncell