PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

तीन महिनामा अवैध सुनबाट प्रहरीले संकलन गर्ने राजस्व घट्यो, चाँदीमा भने ४० प्रतिशतले बृद्धि



पहिलोपोस्ट

तीन महिनामा अवैध सुनबाट प्रहरीले संकलन गर्ने राजस्व घट्यो, चाँदीमा भने ४० प्रतिशतले बृद्धि

काठमाडौः अवैध सुनबाट प्रहरीले संकलन गर्ने राजस्व गएको तीन महिनामा घटेको छ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो बैशाख, जेठ र असारको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा अवैध सुन संकलनबाट प्राप्त राजस्वमा गिरावट आएको हो।गएको तीन महिनामा प्रहरीले अबैध सुनबाट १ करोड ७९ लाख ४५ हजार ५ सय ३० रुपैयाँ संकलन गरेको थियो। तर गएको आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा ३ करोड ६८ लाख २४ हजार ९ सय १४ रुपैयाँ संकलन भएको थियो।

तर अवैध चाँदी बरामदबाट प्राप्त राजस्व भने बढेर गएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकबहादुर राईले जानकारी दिए।चाँदीबाट राजस्व ४० प्रतिशतले बृद्धि भएको छ। गएको तीन महिनामा ५७ लाख ८० हजार ५ सय १५ रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो वर्षको तीन महिनामा प्रहरीले ४१ लाख १४ हजार ५ सय ६२ रुपैयाँ राजस्व संकलन गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell