PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश



पहिलोपोस्ट

अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश
फोटो : अशोक झा

काठमाडौं : अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन्। अभिनेता शाहीलाई शुक्रवार बिहान गृहमन्त्री बालकृष्ण खाणले कांग्रेस प्रवेश गराएका हुन्।

पुल्चोकस्थित मन्त्री क्वाटरमा गृहमन्त्री एवं कांग्रेस नेता खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यतासमेत प्रदान गरेको सोलुखुम्बु तरुण दलका अध्यक्ष अशोक झाले बताए।

पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेत, अध्यक्ष विद्वान गुरुङ, ललितपुर कांग्रेसका सभापति दीपन्द्र श्रेष्ठलगायत उपस्थित थिए।

अभिनेता शाहीले द्रव्य, सौर्य, हसियाँ, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको विहे, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायत दुई दर्जन बढि चलचित्रमा अभिनय गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell