PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्यो



पहिलोपोस्ट

सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्यो

काठमाडौंः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सात सयले बढेर ९७ हजार तीन सय तोकिएको छ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ६ सयमा कारोबार भएका थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार आठ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९६ हजार एक सय थियो। 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय २५ कायम रहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell