PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ



पहिलोपोस्ट

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौं : श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २३ ईटियाही टोलमा २३ वर्षीय प्रतिमा कुमारी यादवलाई श्रीमान दिनेश प्रसाद यादवले हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो। उनले श्रीमतीको घाँटी दबाई हत्या गरेको खुलेपछि वडा प्रहरी कार्यालय श्रीपुरमाबाट खटिएको टोलीले आज बिहान नियन्त्रणमा लिएको हो।

प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा पठाइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell