PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

'लालसिंह चड्डा' र 'रक्षाबन्धन' को कमजोर ओपनिङले चिन्तामा बलिउड



पहिलोपोस्ट

'लालसिंह चड्डा' र 'रक्षाबन्धन' को कमजोर ओपनिङले चिन्तामा बलिउड

आमिर खानको ‘लालसिंह चड्डा’ र अक्षरकुमारको ‘रक्षाबन्धन’ ओपनिङमा कमजोर साबित भएको छ। हिजोबाट प्रदर्शनमा आएका यी दुई बलिउड फिल्मले बक्सअफिसमा निराशाजनक व्यापार गरेका छन्।

‘लालसिंह चड्डा’ फिल्म हलिउड फिल्म ‘फरेस्ट गुम्पस’ को हिन्दी रिमेक हो। चारवर्षपछि आमिरले यसैफिल्ममार्फत बाट कमब्याक गरेका हुन्। जसकारण यस फिल्मबाट निकै आशा गरिएको थियो। तर यस फिल्मले अपेक्षाअनुसार व्यापार भने गर्न सकेको छैन।

अद्वेत चन्दनको निर्देशित फिल्मले रिलिजको पहिलो दिन ११ देखि १२.५० करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ। जुन कबीर खान निर्देशित ‘८३’ र फरहाद सम्जी निर्देशित ‘बच्चन पाण्डे’ को भन्दा पनि कम हो।

लालसिंह चड्ढा’को ओपनिङले बलिउड उद्योग नै स्तब्ध बनेको छ। फिल्मको कमजोर व्यापारसँगै भारतका मल्टिप्लेक्सले हलहरूले फिल्मलाई न्युन शो दिएका छन्। यस फिल्ममा आमिरसँगै करिना कपूर खान, नागा चैतन्य, मोना सिंहलगायत कलाकारको अभिनय छ।

त्यसैगरि, अक्षयकुमार अभिनित फिल्म ‘रक्षाबन्धन’ ले पनि कमजोर व्यापार गरेको छ। बिहीवार यस फिल्मले भारतीय बक्सअफिसमा ८.२० करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ।

आनन्द एल रायको निर्देशन र लेखन रहेको यस फिल्मले भारतीय बिहेको वर्तमान अवस्थालाई समेटेको छ। फिल्ममा अक्षयका साथै भूमि पेडनेकर, सादिया खातिब, दीपिका खन्ना, स्मृति श्रीकान्त र साहिजमान कौर लगायतका कलाकारको अभिनय छ।

यी दुबै फिल्मको कलेक्सनले पछिल्लो समय बलिउडको खस्किँदो स्तरलाई बल दिएको छ। किनभने यसअघि जस्तोसुकै खराब परिस्थितिमा पनि आमिर खानको फिल्मले  पहिलो दिन १५ करोड भारतीय रुपैयाँ कमाउँथ्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell