PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

कतारबाट अवैध सुन बोकेर आएका सर्लाहीका युवक समातिए



पहिलोपोस्ट

कतारबाट अवैध सुन बोकेर आएका सर्लाहीका युवक समातिए

काठमाडौं : विदेशबाट अबैध रुपमा ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

विमानस्थलको आगमन टनेल गेटबाट करिब ६० ग्राम तौल बराबरको सुनको बेरुवा औठी १ थान र ब्रेसलेट १ थान सहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। सर्लाही लालबन्दी नगरपालिका-६ घर भएका ३३ वर्षीय पदम स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको हो।

कतार एयरवेजको विमानमार्फत दोहाबाट काठमाडौं आएका स्याङ्तानलाई जाँच गर्दा भित्री वस्त्रमा सुन लुकाएर भन्सार छली लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell