PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

राष्ट्रपति भवनअगाडि आत्मदाह गर्न खोज्ने निहारिका प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

राष्ट्रपति भवनअगाडि आत्मदाह गर्न खोज्ने निहारिका प्रहरी नियन्त्रणमा
फाइल फोटो

काठमाडौं : राष्ट्रपति भवन शिलत निवासअगाडि आत्मदाहको प्रयास गरेकी निहारिका राजपुतलाई प्रहरीले उद्धार गरेको छ।

कुमारी आमा भनेर चिनिने राजपुत शुक्रवार दिउँसो शितल निवासअगाडि आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेकी थिइन्। तर, प्रहरीले समयमा उनलाई उद्धार गरेर नियन्त्रणमा लिएको छ।

यसअघि बच्चासहित अनसन बसेकी उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोडेपनि आफ्नो मागको कुनै सुनुवाई नभएको भन्दै पुन न्याय माग्दै हिँडिरहेकी छिन्।

धनुषाकी निहारिकाले आफूलाई एक पुरुषले बलात्कार गरेको र न्याय नपाएको भन्दै न्याय पाउन पटकपटक आन्दोलन गर्दै आएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell