PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

चार जना फोनिजकर्मीलाई आदिवासी जनजाति पुरस्कार, तीन जनालाई अभिनन्दन



पहिलोपोस्ट

चार जना फोनिजकर्मीलाई आदिवासी जनजाति पुरस्कार, तीन जनालाई अभिनन्दन

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले यस वर्षको ‘आदिवासी जनजाति पत्रकारिता पुरस्कार-२०७९' सुनसरीका गोपाल देवाल, काठमाडौंकी अनिता गुरुङ, चितवनका राजु चौधरी र उदयपुरकी अप्सरा समाललाई प्रदान गरेको छ।

फोनिजको २३औँ स्थापना दिवसको अवसरमा अनामनगरमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले चारै जनालाई नगद २० हजारसहित सम्मान गरेको हो।

त्यसैगरी, ‘फोनिज मातृभाषा सम्मान-२०७९’बान्तावा राई भाषामा प्रकाशन भइरहेको बुङ्वाखा मासिकलाई प्रदान गरिएको छ। पुरस्कृतलाई प्रति पुरस्कार २० हजार रुपैयाँ प्रदान गरिएको फोनिजले जनायो।

सोही अवसरमा फोनिजले संस्थाको जीवनमा अतुलनीय योगदन पुर्‍याएका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ, पूर्व अध्यक्षद्वय खिम घले र मोहनसिंह लामालाई पनि अभिनन्दन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell