PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

शनिवारको मौसम पूर्वानुमान : वाग्मती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना



पहिलोपोस्ट

शनिवारको मौसम पूर्वानुमान : वाग्मती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : शनिवार देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज विहान देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। दिउँसो भने पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार वाग्मती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राती पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति गण्डकी प्रदेशको थोरै र प्रदेश १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell