PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

काठमाडौंमा आज पनि मनाइदैछ गाईजात्रा



पहिलोपोस्ट

काठमाडौंमा आज पनि मनाइदैछ गाईजात्रा

काठमाडौं : राजधानीको मुख्य शहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व सापारु (गाईजात्रा) को रौनक छाएको छ। उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरमा हिजो शुक्रवार पनि सापारु मनाइएको थियो।

तिथि विवादका कारण भने काठमाडौंमा आज पनि सापारु मनाइएको हो।काठमाडौंको कोर क्षेत्रसहित कीर्तिपुर, नैकाप, साँखु लगायतका क्षेत्रमा पनि आज गाईजात्रा मनाइँदैछ। हिजो पनि काठमाडौंमा गाईजात्रा अन्तर्गत बालबालिकालाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गराइएको थियो।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराइँदैछ। उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell