PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

अमेरिकी अभिनेत्री हेचेको निधन



पहिलोपोस्ट

अमेरिकी अभिनेत्री हेचेको निधन
Photo : Reuters

अमेरिकी अभिनेत्री एन्ने हेचेको निधन भएको छ। कानुनी रुपमा उनलाई मृत घोषित गरिए पनि हाल उनलाई ‘लाइफ स्पोर्ट’मा राखिएको छ। अंग दानको प्रक्रिया पूरा गर्नका लागि उनको शवलाई यसरी राखिएको बताइएको छ।

लस एन्जलसमा भएको कार दुर्घटनामा परेर उनी घाइते भएकी थिइन्। एक हप्तादेखि उनी कोमामा थिइन्।

५३ वर्षीया हेचेको परिवारले एक विज्ञप्ति जारी गर्दै भनेको छ : आज हामीले एउटा उज्यालो प्रकाश, एक दयालु र सबैभन्दा आनन्दित आत्मा गुमायौं।

भोल्कानो, डनी ब्रास्को, साइको लगायतका चलचित्रमा अभिनय गरेकी उनी डान्सिङ विथ दी स्टार्समा पनि देखिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell