PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

कांग्रेसमा उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी देउवालाई, दल दर्ताको जिम्मेवारी मुख्य सचिवलाई



पहिलोपोस्ट

कांग्रेसमा उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी देउवालाई, दल दर्ताको जिम्मेवारी मुख्य सचिवलाई

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ।

शनिवार बिहान पार्टी कार्यालय सानेपामा बसेको बैठकले निर्वाचनमा सहभागी हुन निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ। प्रक्रिया पुर्‍याएर दल दर्ता गर्ने जिम्मेवारी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णयसमेत गरिएको छ।

यस्तै, आसन्न निर्वाचनका लागि प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधान बमोजिम प्रक्रिया पुर्‍याएर उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फतबाट निर्देशन दिने समेत आजको बैठकले निर्णय गरेको छ।

आजको बैठकले निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियानको मिति पनि परिवर्तन गरेको छ। यसअघि भदौ २ गतेदेखि अभियान संचालन हुने भनिएकोमा अब भदौ १० देखि २४ सम्म अभियान संचालन गर्ने निर्णय गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell