PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मिटरब्याज पीडितहरुलाई उजुरी दर्ता गराउन गृह मन्त्रालयले जारी गर्‍यो सार्वजनिक सूचना



पहिलोपोस्ट

मिटरब्याज पीडितहरुलाई उजुरी दर्ता गराउन गृह मन्त्रालयले जारी गर्‍यो सार्वजनिक सूचना

काठमाडौं : गृह मन्त्रालयले मिटरब्याज पीडितहरुलाई उजुरी दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको छ।

शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिएका थिए। त्यसपछि गृहमन्त्री खाणले मिटरब्याजी अपराध नियन्त्रण गर्न कार्यदल गठन गरेका थिए।

कार्यदल संयोजक डा भीष्मकुमार भुसालले विज्ञप्ती जारी गर्दै भदौ ५ गते भित्र पीडितहरुलाई आआफ्नो जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन आग्रह गरेका छन्।

काठमाडौंको माइतीघरमा नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट संगठित भएका मिटरब्याज पीडितहरु धर्नामा छन्। कार्यालले शुक्रवारमा नै धर्ना बसिरहेकाहरुलाई भेटेर वार्तासमेत गरेको थियो।

संयोजक भुसालले नवलपरासीमामात्रै नभएर तराईका अधिकांश जिल्लामा पनि मिटरब्याजलाई लिएर गुनासो आइसकेको जनाएका छन्। उनले आर्थिक अपारधीहरुलाई कानुनको दायरामा ल्याएर कारवाही गर्ने क्रम चलिरहेको समेत बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell