PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

डीएसपीसहित ६ जना प्रहरी चढेको जीप दुर्घटना, उद्धारको लागि सेनाको हेलिकप्टर पठाउने तयारी



पहिलोपोस्ट

डीएसपीसहित ६ जना प्रहरी चढेको जीप दुर्घटना, उद्धारको लागि सेनाको हेलिकप्टर पठाउने तयारी

काठमाडौं : रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका तक्सेरामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना भएको छ।

दुर्घटनामा परेर नेपाल प्रहरीका रुकुम पूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डागीसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर रहेका प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा प्रहरीका डीएसपी डागीलाई टाउकोमा गहिरो चोट लागेको छ। प्रहरी लक्षमण बुढा गम्भीर घाइते भएका छन्।

सशस्त्र प्रहरी बलका रुकुम पूर्व प्रमुख नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइते भएका छन्। जीपमा दुई प्रहरीका जिल्ला प्रमुखसहित ६ सुरक्षाकर्मी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell