PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

गत वर्ष १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या



पहिलोपोस्ट

गत वर्ष १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

सन् २०२१ मा संयुक्त राष्ट्रसंघका १४० सहायताकर्मीको हत्या भएको राष्ट्रसंघीय निकायले जनाएको छ। अघिल्ला वर्षहरूको तुलनामा सो वर्ष धेरै हत्या भएको भएको उल्लेख गरिएको छ। सन् २०१३ पछिकै सबैभन्दा धेरै भएको राष्ट्रसंघीय अधिकारीहरूले बताएका छन्।

उनीहरूको हत्या मिसन अन्तर्गत सहायता प्रदान गर्ने कामकै सिलसिलामा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा अरु २०३ सहायताकर्मी घाइते भएको जनाइएको छ।

त्यसैगरी ११७ सहायताकर्मीलाई भने विभिन्न ठाउँबाट अपहरण गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रसंघीय निकायले अरु १६८ जनामाथि आक्रमण भएको पनि जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell