PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सार्वजनिक भयो ‘प्रेमगीत ३’को टिजर, दर्शकको कमेन्ट : नेपाली भन्दा हिन्दी भर्सन राम्रो



पहिलोपोस्ट

सार्वजनिक भयो ‘प्रेमगीत ३’को टिजर, दर्शकको कमेन्ट : नेपाली भन्दा हिन्दी भर्सन राम्रो

काठमाडौं : ‘प्रेमगीत ३’को टिजर सार्वजनिक भएको छ। नेपाली र हिन्दी भाषामा एकै पटक आज टिजर सार्वजनिक गरिएको हो।

नेपाली भाषाको टिजर ओएसआर डिजिटलमा र हिन्दीको टिजर स्पार्कलिङ स्टुडियोको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

भारतमा सो फिल्मबारे चर्चा चलिरहेको छ। भारतका सडकमा रहेका होर्डिङबोर्डहरुमा फिल्मका पोस्टरहरु टाँसिएका छन्। केही भारतीय युट्युबरहरुले टिजरको रियाक्सन भिडियो पनि युट्युबमा राखेका छन्।

भारतमा धेरै समय पछि कुनै नेपाली फिल्मको यसरी चर्चा यसरी चलेको स्थानीय मिडियाले उल्लेख गरेका छन्। टिजर हेरिसकेपछि दर्शकहरुले पनि नेपाली भन्दा हिन्दी भर्सनको टिजर राम्रो भनेर प्रतिक्रिया दिएका छन्।

यो फिल्म आगामी २३ सेप्टेम्बर अर्थात असोज ७ गते नेपाल र भारतमा एकैदिन प्रदर्शन हुँदैछ।

स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ। फिल्ममा सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, पुस्कर कार्की, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको अभिनय रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell