PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

छोराको घर जान भन्दै निस्किएका पूर्णबहादुर दुई दिनपछि मृत भेटिए



पहिलोपोस्ट

छोराको घर जान भन्दै निस्किएका पूर्णबहादुर दुई दिनपछि मृत भेटिए

काठमाडौं : स्याङ्जाको वालिङका एक पुरुष मृत भेटिएका छन्। वालिङ नगरपालिका-९ भुसालथोक बस्ने ६५ वर्षीय पूर्णबहादुर न्यौपाने क्षेत्री मृत भेटिएका हुन्।

साउन २६ गते उनी वालिङ नगरपालिका-१२ लामपातेस्थित छोराको घरमा जान्छु भनी हिँडेका थिए। तर, कतै सम्पर्कमा नआएपछि उनको खोजी गरिएको थियो।

सोही नगरपालिका लामपातेस्थित गोरेटो बाटोबाट करिब ५० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell