PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

लेक लागेर बेहोस भएका तीन जनाको प्रहरीले गर्‍यो सकुशल उद्धार



पहिलोपोस्ट

लेक लागेर बेहोस भएका तीन जनाको प्रहरीले गर्‍यो सकुशल उद्धार

काठमाडौं : लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

रसुवाको गोसाईकुण्ड गाँउपालिका-५ स्थित गोसाइकुण्ड तीर्थबाट साउन २७ गते घर फर्कने क्रममा लेक लागि बेहोस भएका थिए। बेहोस हुनेहरुमा नुवाकोट ककनी गाँउपालिका-८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र विदुर नगरपालिका ११ बस्ने २० वर्षीय साधना प्याकुरेल र धादिङ्ग  निलकण्ठ नगरपालिका ३ बस्ने १० वर्षीय निर्जिव दुवाडी छन्।

घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरुलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरुको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाई पठाइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell