PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

थप २ सय ६३ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु



पहिलोपोस्ट

थप २ सय ६३ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौः पछिल्लो २४ घण्टामा थप २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार १ सय ६५ जनामा गरिएको परीक्षणमा २ सय ६३ जनामा संक्रमण देखिएको हो। देशभर संक्रिय संक्रमितको सङख्या ५ हजार ४ सय  ३४ पुगेको छ। सोही अवधिमा देशभर ५ सय १ जना कोरोनामुक्त भएका छन्।

२४ घण्टाको अवधिमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ। अहिलेसम्म देशभर संक्रमणबाट ११ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell