PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पाटनमा मतया : दीप प्रज्ज्वलन गर्दै गरियो नगर परिक्रमा

पाटनमा मतया : दीप प्रज्ज्वलन गर्दै गरियो नगर परिक्रमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


ललितपुर : पाटनमा हरेक वर्ष गाईजात्राको भोलिपल्ट मतया पर्व मनाउने गरिन्छ। दिवंगत आफन्तहरुको सम्झनामा दिप प्रज्वलन गर्दै यस दिन नगर परिक्रमा गरिन्छ। नेपाल भाषामा मत को अर्थ बत्ती र याको अर्थ यात्रा हो। दीप प्रज्वलन गर्दै शहरमा नगर गरिक्रमा गरिने भएकाले त्यसैले यो पर्वलाई 'उज्यालो पर्व' पनि भनिन्छ।

पाटनका बौद्ध धर्मवालम्बीहरुले बौद्ध चैत्य र बहा:बहीमा वर्ष दिनमा मृत्यु भएका पितृहरुलाई अन्धकारबाट उज्यालोमा लग्ने विश्वासले दीप प्रज्वलन गर्ने गर्छन्। यसदिन युवायुवतीहरु सेतो पहिरन र खुट्टामा खुङ्ग्रु लगाएर शहर परिक्रमा निस्किन्छन्। साथै, व्यङ्गात्मक प्रहसन पनि गर्ने गरिन्छ।  

कोरोना भाइरस संक्रमणका कारण यो पर्व दुई वर्ष हुन सकेको थिएन।



ट्रेन्डिङ पोस्ट

Ncell