PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रुकुम पूर्वमा प्रहरी भ्यान दुर्घटना : नेपालगंज र कोहलपुरमा घाइतेको उपचार हुँदै, एकजनाको मृत्यु (अपडेट)



पहिलोपोस्ट

रुकुम पूर्वमा प्रहरी भ्यान दुर्घटना : नेपालगंज र कोहलपुरमा घाइतेको उपचार हुँदै, एकजनाको मृत्यु (अपडेट)
प्रतिकात्मम तस्विर

काठमाडौं : रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-११ तल्लोसेरामा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाइते भएका सबैलाई हेलिकप्टरमार्फत नेपालगंज लगिएको छ। सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढामगर र इन्द्र घर्तीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ।

पहिलो चरणमा सशस्त्र प्रहरीका प्रनाउ श्रेष्ठसहित चालक प्रहरी हवल्दार डाँगी, प्रहरी जवान बुढामगरलाई नेपालगंज लगिएको थियो भने दोस्रो चरणमा नेपाल प्रहरीका प्रनाउ डाँगी र प्रहरी जवान घर्तीलाई नेपालगंज लगिएको हो।

अर्का प्रहरी जवान लक्ष्मण पुनलाई पनि नेपालगंज लगिएको थियो। उनलाई त्यहाँ लग्ने बित्तिकै अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

अहिले प्रनाउ डाँगीको शिक्षण अस्पताल बाँके र सशस्त्र प्रहरीका प्रनाउ क्षेष्ठको सशस्त्र प्रहरी बल अस्पताल नौबास्ता बाँकेमा उपचार भइरहेको छ भने अन्यको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

आज जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरातर्फ जाँदै गरेको नेपाल प्रहरीको भ्यान तल्लोसेरा गाउँ नजिकै दुर्घटना भएको थियो। गाडी सडकबाट करिब एक सय मिटर तल खसेको बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell