PahiloPost

Sep 11, 2026 | २६ भदौ २०८३

वाग्मती नदीमा हाम फालेकी युवतीको उद्धार, कारणबारे अनुसन्धान गर्दै प्रहरी



पहिलोपोस्ट

वाग्मती नदीमा हाम फालेकी युवतीको उद्धार, कारणबारे अनुसन्धान गर्दै प्रहरी

काठमाडौं : थापाथलीस्थित काठमाडौं र ललितपुर जोड्ने पुलबाट वाग्मत नदीमा हाल फालेकी एकजना युवतीलाई प्रहरीले उद्धार गरेको छ।

शनिवार बेलुकी करिब ४:१० बजे पुलबाट २० वर्षीया अञ्जली यादव हाम फालेको सूचना पाएपछि प्रहरी बृत्त सिंहदरबारबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको थियो। काठमाण्डौंतर्फको वाग्मती नदीको किनारमा यादवलाई प्रहरी तथा स्थानीयको नदीबाट जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।

नदीमा हाम फालेकी यादव ललितपुरको कुपण्डोलमा बस्दै आएकी थिइन्। उनी नदीमा हाम फाल्नुको कारण खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell