PahiloPost

Mar 26, 2026 | १२ चैत्र २०८२

म्यानचेस्टर सिटीको सानदार जित, एस्टोन भिल्लाले एभर्टनलाई हरायो



पहिलोपोस्ट

म्यानचेस्टर सिटीको सानदार जित, एस्टोन भिल्लाले एभर्टनलाई हरायो
Photo: Premier League/Twitter

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नेमाउथलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले ४-० गोलको सहज जित दर्ता गरेको हो।

खेलको १९ औं मिनेटमा अर्लिङ हल्याण्डको पासमा इल्के गुण्डोगनले गोल गर्दै सिटीलाई अग्रता दिलाए। त्यस्तै ३१ औं मिनेटमा फिल फोडेनको पासमा केभिन डी ब्रुइन र ३७ औं मिनेटमा डी ब्रुइनको पासमा फोडेनले गोल गर्दा पहिलो हाफमै सिटी तीन गोलले अघि रह्यो। दोस्रो हाफमा जेफर्सन लेर्माले आत्मघाती गोल गरे। खेलको ७९ औं मिनेटमा बर्नेमाउथका लेर्माले आत्मघाती गोल गरेसँगै सिटीले ४-० को सानदार जित निकाल्दै लिगमा सुखद सुरुवात गरेको हो।

त्यस्तै आजै सम्पन्न प्रिमियर लिगका अन्य खेलहरुमा एस्टोन भिल्लाले एभर्टनलाई २-१ गोलअन्तरले हराउँदा आर्सनलले लेस्टरसिटीलाई ४-२ गोलअन्तरले हरायो। त्यस्तै ब्राइटन र न्यु क्यासल ०-० तथा साउथ ह्याम्टन र लिड्स २-२ को बराबरीमा रोकिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell