PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

म्यानचेस्टर युनाइटेड बेन्टफोर्डसँग पराजित, सिजनका सुरुका दुबै खेलमा हार



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेड बेन्टफोर्डसँग पराजित, सिजनका सुरुका दुबै खेलमा हार
Photo: Premier League/Twitter

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार ब्यहोरेको छ। जिटेक कम्युनिटी स्टेडियममा सम्पन्न खेलमा युनाइटेड घरेलु टोली ब्रेन्टफोर्डसँग ४-० गोलको फराकिलो अन्तरले पराजित भएको हो।

घरेलु टोलीले सबै गोल पहिलो हाफमै गरेको थियो। खेलको १० औं मिनेटमा म्याथिअस जेनसेनको पासमा पेलेन्डा डा सिल्भाले गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै १८ औं मिनेटमा जेनसेनले गोल थपे। त्यस्तै ३० औं मिनेटमा इभान टोनीले हेडरबाट गरेको एसिस्टमा गोल गर्दै बेन मीले गोल थपे। घरेलु टोलीका लागि चौथो गोल टोनीकै पासमा ब्रयन एमबेउमोले ३५ औं मिनेटमा गरे। दोस्रो हाफमा दुबै टिमले गोल थप्न नसक्दा युनाइटेडले ४-० ले पराजय ब्यहोर्न पुग्यो।

जारी सिजन युनाइटेडको यो लगातार दोस्रो हार हो। यसअघि सिजनको पहिलो खेलमा युनाइटेडले ब्राइटोनसँग २-१ गोलअन्तरले पराजय ब्यहोरेको थियो। लगातार दोस्रो हार ब्यहोरेको युनाइटेड तालिकाको पुछारमा छ।

गएराति नै सम्पन्न अन्य खेलहरुमा वुल्भ्स र फुलहम तथा ब्राइटोन र न्यु क्यासल गोलरहति बराबरीमा रोकिँदा साउथ ह्याम्टन र लिड्स २-२ को बराबरीमा रोकिए। त्यस्तै एस्टोन भिल्लाले एभर्टनलाई २-१ गोलअन्तरले हराउँदा आर्सननले लेस्टर सिटीलाई ४-२, म्यानचेस्टर सिटीले बर्नेमाउथलाई ४-० ले हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell