PahiloPost

Mar 26, 2026 | १२ चैत्र २०८२

उपत्यकामा भारी वर्षा : मनोहरामा जलसतह सतर्कता आसपास, सबै नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



पहिलोपोस्ट

उपत्यकामा भारी वर्षा : मनोहरामा जलसतह सतर्कता आसपास, सबै नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : शनिवार रातिदेखि नै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, विष्णुमती जलाधारको धेरै स्थानमा मध्यमदेखि भारी बर्षा भएको जनाइएको छ।

सबै नदीमा जलसतह बढ्दै गएको र मनोहरामा जलसतह सतर्कता आसपास सम्म पुग्न सक्ने महाशाखा अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले उपत्यकाका नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

केहीदिन अघि मनोहरा खोलामा बाढी आउँदा तटीय क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा घर बगाएको थियो भने केही स्थान डुबानमा परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell