PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रुश्दीलाई भेन्टिलेटरबाट निकालियो, आक्रमण गर्ने व्यक्तिमाथि हत्या मुद्दा दायर



पहिलोपोस्ट

रुश्दीलाई भेन्टिलेटरबाट निकालियो, आक्रमण गर्ने व्यक्तिमाथि हत्या मुद्दा दायर
Photo : Getty Images

भारतमा जन्मिएका ब्रिटिश-अमेरिकी लेखक सलमान रुश्दीमाथि आक्रमण गर्ने व्यक्तिमाथि हत्या मुद्दा दायर गरिएको छ। केहीदिन अघि अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रममा सहभागी भइरहँदा रुश्दीमाथि चक्कु प्रहार भएको थियो। आक्रमण गरेका व्यक्तिलाई चक्कु प्रहार गरे लगत्तै कार्यक्रममा उपस्थित व्यक्तिहरुले नियन्त्रणमा लिएका थिए। प्रहरीले २४ वर्षीय हादी मतर नामका एक व्यक्तिलाई पक्राउ गरेको थियो।

मतर बिना जमानत अहिले प्रहरी नियन्त्रणमा छन्। उनीमाथि रुश्दीको हत्या प्रयास गरेको र अर्को एक व्यक्तिमाथि आक्रमण गरेको अभियोग लगाइएको छ।

अस्पतालकम उपचाररत् रुश्दीको स्वास्थ्य अवस्था गम्भीर रहे बताइएको छ। यद्यपि, उनलाई अहिले भेन्टिलेटरबाट भने निकालिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। आक्रमणपछि भेन्टिलेटरमा राखिएका रुश्दी बोल्न सकिरहेका थिएनन्। अहिले भने उनले बोल्न पनि थालेका छन्। रुश्दीको आँखामा भने गम्भीर चोट लागेको छ। रुश्दीले एउटा आँखाको दृष्टि गुमाउन सक्ने खतरा रहेको चिकित्सकहरुले बताएका छन्। आक्रमणकारीले रुश्दीमाथि १० पटकभन्दा बढी चक्कुले प्रहार गरेका थिए।

रुश्दीलाई धेरै वर्षदेखि ज्यान मार्ने धम्की आइरहेको थियो। बुकर विजेता रुश्दीले सन् १९८८ मा दी सटानिक भर्सेस प्रकाशन गरेका थिए। त्यसयता उनलाई कट्टपन्थी इस्लामिक समूहले मार्ने धम्की दिइरहेको बताइएको छ। यो किताब प्रकाशन भए पछि उनी करिब १० वर्ष लुकेर बस्न बाध्य भएका थिए। रुश्दीको विरोधमा भारत र इरानमा भएको प्रदर्शनमा कयौं व्यक्तिको मृत्यु भएको थियो। सन् १९९१ मा सो किताबको जापानी भाषामा अनुवाद गरेका लेखकको पनि चक्कु हानेर हत्या गरिएको थियो। यस्तै, इटालियन अनुवादक र नर्वेली प्रकाशकमाथि पनि आक्रमण भएको थियो। उनीहरु भने बाँच्न सफल भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell